तातोपानी नाकाबाट पहिलो पटक भित्रियो चिनियाँ हेलिकप्टर


१६:२८ बजे

काठमाडौँ । तातोपानी भन्सार नाकाबाट पहिलो पटक चिनियाँ हेलिकप्टर भित्रिएको छ । तातोपानी भन्सारबाट पहिलो पटक आयात भएको ट्रान्स सिल्कका तातोपानी भन्सार प्रमुख अनिरुद्र थापाले बताए । उनकाअनुसार माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर आयात गरेको हो । ‘बाइ रोड कन्टेनरमा ल्याएको हो । हिजो  हाम्रो सीमानामा छिरेको हो, हाम्रो टेरिटोरीमा छिरेको हिजो हो’, उनले भने ।

अहिले भन्सारको प्रक्रियामा छ । भन्सार प्रक्रिया पुरा गरेपछि एकदुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको छ । उक्त हेलिकप्टरको भन्सार चार करोड बढी पर्ने उनको भनाइ छ । ‘अब ठ्याक्कै कति मूल्य त मैले पनि त्यो प्रज्ञापन पत्र हेरेको छैन,’ उनले भने, ‘तर भन्सार  टेन्टेटीभली चार करोड प्लस हुन्छ भन्ने सुनेको छु।’

भूकम्पपछि चीनका विभिन्न सहरबाट सामान आयात गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर उक्त हेलिकोप्टर नेपाल भित्राएको भन्सार कार्यालयले जनाएको छ । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको थियो । माउन्टेनले थप पाँचवटा चिनियाँ हेलिकोप्टर तातोपानी नाकाबाट आयात गर्न लागेको जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७