‘गरिबमारा’ भन्दै प्रभु साहले रोष्ट्रमै च्याते निजामती विधेयक


२०८२ असार १५ आइतबार २३:०४ बजे
फाइल फोटो

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले निजामती सेवा विधेयक संसदको रोष्ट्रममै च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई ‘गरिबमारा’ भनेर च्यातिदिएका हुन् । ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ’, उनले भने ।

सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए । ‘गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ’, उनले भने ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७