प्रधानमन्त्री रोष्ट्रम उक्लिँए, रास्वपा–राप्रपा सांसद बाहिरिए

काठमाडौं । सांसदहरूले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरे । राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरिन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै वेल घेराउ गरिरहेका रास्वपाका सांसद प्रधानमन्त्री बोल्न थालेपछि बैठक छाडेर हिँडेका हुन् । विरोधकै बीच प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराइएका छन् ।