एकीकृत समाजवादीका नेता कार्की माओवादीमा प्रवेश


२०८२ असार १४ शनिबार २१:३८ बजे

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का नेता तथा इञ्जिनियर महेन्द्रबहादुर कार्की नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

विगत ५० वर्षदेखि (२०२३ साल) कम्युनिष्ट आन्दोलन र समाजसेवामा सक्रिय कार्कीलाई अध्यक्ष दाहालले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार कमरेड कृष्णलाल ‘गोजा’ श्रेष्ठको श्रद्धाञ्जली सभाको अवसरमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सोही कार्यक्रममा अध्यक्ष दाहलले सम्बोधन गर्दै पछिल्लो समय पार्टीमा विचलन आएको र अब त्यसलाई सच्याएर अघि बढ्ने बताएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७