राजनीतिक द्वन्द्व विधिसम्मत स्वीकार नगरे विष्फोट हुन्छ : ईश्वर पोखरेल

‘विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ’


२०८२ असार १४ शनिबार २१:२९ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा द्वन्द्व भएका विषयलाई विधिसम्म प्रक्रियामा नलगे विष्फोट हुने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ विचार गोष्ठी कार्यक्रममा पोखरेलले परिस्थिति नबुझिए समस्या पैदा हुने बताएका छन् । 

‘राजनीति पार्टीमा द्वन्द्व भएको कुरालाई विधिसम्मत ढंगले प्रकट हुन पाएन भने असन्तुष्टि निश्चित विन्दुमा पुगेर विष्फोट हुन्छ,’ पोखरेलले भने, ‘यसरी नबुझिए समस्या पैदा हुन्छ ।’ एमालेको आजको जग नै मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवाद भएको समेत पोखरेलले बताएका छन् । 

सर्वसम्मतिले पार्टी जीवनको लोकतान्त्रिककरणको प्रस्तावलाई पार्टीले आठौं महाधिवेशनका स्वीकार गरेको पोखरेलले स्मरण गरे । बहुपदीय प्रणालीको ऐतिहासिक प्रारम्भ त्यतिबेला नै भएको उनले बताए । पार्टी जीवनको लोततान्त्रिककरणको विषयमा अध्ययन र छलफल हुँदै  गए पनि छोड्ने, जोड्ने विषयलाई स्वीकारिएको उनले बताए । नवौं महाधिवेशनमा पनि लोकतान्त्रिककरणका प्रक्रिया उल्लेख भएको उनले बताए । 

‘एमालेले लोकतान्त्रिककरणको पक्षमा उभिन्छन् भनेर धेरैले थाहा पाए । तर, एमाले र माओवादी केन्द्रबीच महान एकता हुँदाखेरि विचारका कुरा स्थगित भए,’ पोखरेलले भने, ‘विचार कमजोर भए । यही सिलसिलामा पार्टीको लोकतान्त्रिककरणको विषय कता हरायो कता बिलायो ।’ कारबाही, उमेर धेरै कुरा राखे पनि केही नभएको उनले बताए। तीन दशकदेखिको अनुभवबाट निकालिएका निष्कर्षलाई पछिल्लो समय छायाँमा परेको पोखरेलको भनाइ छ ।

‘विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् । उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए ।

उनले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’ विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उनको धर्म भएको नेता पोखरेलको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७