भिजिट भिसा प्रकरण :

सरकारले बनायो उच्चस्तरीय छानबिन समिति, रास्वपाको असन्तुष्टि


२०८२ असार १० मंगलबार ०४:४८ बजे

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवसमेत रहेका वैरागीको नेतृत्वमा ुअध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिु गठन गरेको हो ।

समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने व्यवस्था गरिएको छ । गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ ।

रास्वपाको असन्तुष्टि
यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा असन्तुष्टि जनाएको छ । उसले उक्त समितिलाई झारा टार्ने किसिमको भएको प्रतिक्रिया दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आफ्नो सञ्जालमार्फत गृहमन्त्री रमेश लेखकलाई यो पक्ररणका आरोपित तीर्थ भट्टराईलाई नै अध्यक्ष बनाउन सुझाव समेत दिएका छन् ।

प्रवक्ता झाले भनेका छन्, ‘सुन्नमा आए अनुसार (गलत हुन पाए हुन्थ्यो) शंकरदार बैरागीको अध्यक्षतामा झारा टाने समिति बन्दैछ रे, सुधार–सुझाव टाइपको । गृहमन्त्रीज्यूलाई सल्लाह स् सोझै आरोपित तीर्थ भट्टराईकै अध्यक्षतामा छानबिन समिति गठन गरे अझ प्रभावकारी र क्लिनचिटोन्मुख हुन्थ्यो कि ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७