रवि लामिछानेको पक्षमा बोलेको भन्दै प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध उजुरी


२०८२ असार ८ आइतबार २०:२० बजे

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। टिबी कार्कीले आज समितिको सचिवालयमा उजुरी दर्ता गराएका हुन्। जेठ अन्तिम साता बसेको न्याय परिषद्को बैठकले वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाई समितिले असार १ गतेदेखि १० दिनसम्म उनीहरुविरुद्ध उजुरी आह्वान गरेकोमा आज कार्कीले उजुरी हालेका हुन्। 

अदालतको आदेश बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामा गएपछि पोखरेलले पार्टी कार्यालयमै पुगेर छुटाउने योजना बनाएको उजुरकर्ताको दावी छ। ‘एउटा पार्टी कार्यालयमा गएर अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो ? कति नैतिक र अनैतिक हो ? गम्भीर प्रश्न उठेको छ’, उजुरीमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ता पोखरेलले सहकारीको पैसा कानुनविपरित कम्पनीमा आयो र त्यसलाई जिबी राईले सर्टटम लोन भनेपछि कम्पनी त ऋणी भएन, भए पनि जिबी होलान्, रविलाई किन तानेको ? उनको प्रश्न थियो।’

पोखरेल सर्वोच्चको न्यायाधीश भएमा निष्पक्ष न्याय सम्पादन नहुने कार्कीको जिकिर छ। सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया गत जेठ ३१ गतेबाट सुरु गरेको छ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७