सुदूरपश्चिमका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा


२०८२ असार ४ बुधबार ०१:०३ बजे

काठमाडौँ । सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन्। बजेट निर्माणका क्रममा असहयोग गरेको भन्दै मुखमन्त्री शाहले बुधबार मन्त्री चौधरीलाई राजीनामा दिन भनेका हुन्।

मन्त्री चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन् । मुख्यमन्त्री शाहको सचिववालयका अनुसार यो विषयमा छफफल भइरहेको छ। यता नागरिक उन्मुक्ति पार्टीले मन्त्री चौधरीलाई फिर्ता बोलाउने वा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ। नाउपाका एक प्रदेशसभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए।

तर, रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ। यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७