प्रचण्ड बिना नै बालुवाटारमा ओली–देउवासहितका नेताहरूको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन्। बालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले गरिरहेको संसद अवरोध सम्बन्धमा छलफल केन्द्रित रहेको बताइन्छ । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भनिए पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भने बैठकमा उपस्थिति छैन।