‘आँधीखोला दोहन’ रोक्न खोजेका अभियन्तामाथि वडाध्यक्षद्वारा रड प्रहार


२०८२ असार ३ मंगलबार ०१:३६ बजे

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधीखोला संरक्षण अभियानका दुई अभियन्तामाथि रड प्रहार गरेका छन्। नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रड प्रहार गरेका हुन्।

वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ। आलेलाई उनले धकेलेर नालीमा लडाइदिएका थिए । विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन्। ‘आँधीखोला दोहन गरिएको हुँदा नदी संरक्षणको माग राखेर विरोध कार्यक्रम घोषणा गरेर फर्किएका थियौं’, उनले भने, ‘त्यसक्रममा वडाध्यक्षले रडले प्रहार गरे।’

हेल्मेट लगाएका कारण आफ्नो ज्यान जोगिएको समेत उनले बताएका छन्। ‘जनप्रतिनिधिबाट गुण्डागर्दी भएको छ, प्रहरीलाई कारबाहीका लागि अनुरोध गरेका छौं,’ दिनकरले भने। आलेले बाटोमा रोकेर केही बोल्ने मौका नदिइ कुटपिट गरेको बताए। कुटपिट भएको केही बेरमा दुई जना प्रहरी पनि आइपुगेपछि वडाध्यक्ष निस्किएको उनले जनाएका छन्। दिनकर र आले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत हुन्। खनाल सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७