रवीन्द्र मिश्रको सकियो थुनछेक बहस, आदेश कुर्दै


२०८२ असार ३ मंगलबार २२:४३ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ। आज (मंगलबार) न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन्।  सरकारी वकिलका तर्फबाट आठ जनाले बहस गरेका थिए। उनीहरुले धरौटी समेत माग नगरी साधारण तारेखमा छाड्न माग गरेका छन । सुनुवाइ सकिएकाले आदेश लेखनमा इजलास जुटेको छ।  

थुनछेक बहसको अन्तिममा मिश्रले आफ्नो भनाइ राखेका थिए। उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका थिए। उनले आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने पनि जिकिर गरे। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मंगलबार आफै अदालतमा उपस्थित भएका हुन्। गत जेठ ११ मा मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।  

तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए। पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्री प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए। जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो। सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्कविहीन हुँदै आएका थिए ।  सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७