नेपाल र स्कटल्यान्ड आज भिड्दै


२०८२ असार ३ मंगलबार १७:४४ बजे

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ। स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ। नेपाल आज पहिलो जितको खोजीमा छ। हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो पटक हो।

त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ। स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो। नेपालले टी ट्वान्टी २० अन्तरराष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो। त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाइरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७