सूचना टाँसेर सारियो संसद बैठक


२०८२ असार ३ मंगलबार २१:३२ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ । संघीय संसद सचिवालयले करिब ४ बजेतिर सूचना टाँस गरी साढे ४ बजे बस्‍ने गरी बैठक स्थगित गरेको हो। आज (मंगलबार) दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।

भिजिट भिसा प्रकरणमा राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन्। मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए। आधा घण्टाका लागि स्थगित भएको बैठक अहिले सूचना टाँस गरी साढे ४ बजेसम्मका लागि स्थगित गरेको हो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७