नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा


२०८२ जेठ २८ बुधबार ०८:०६ बजे

काठमाडौं । नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले पदावधि पुरा नहुँदै राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्। उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताएका छन्। सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन्। सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७