अनेरास्ववियुको अध्यक्षमा ७ मतले कडरिया निर्वाचित


२०८२ जेठ ३० शुक्रबार ०४:२९ बजे

काठमाडौं : नेकपा एमालेको भ्रातृ सस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)   को अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन्।

आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए । डा. कडरिया अध्यक्ष पार्टी अध्यक्ष केपी ओलीले समर्थन गरेको उम्मेदवार हुन् । पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।

अध्यक्ष ओलीको निर्देशन भन्दै अध्यक्ष मण्डलको तर्फबाट स्थायी कमिटी सदस्य भानुभक्त्त ढकालले कडरियाको नाम प्रस्ताव गरेपछि हलमै नाराबाजी भएको थियो ।  

ढकालले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै अध्यक्षमा कडरिया, उपाध्यक्षमा पौडेल, अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावविरुद्ध हलमा नै नाराबाजी लाग्यो । 

डा.कडरिया पार्टीको आधिकारिक उम्मेदवार भन्दै पार्टीका तलसम्मको संरचनामा अनौपचारिक सर्कुलर समेत गरिएको थियो । पार्टी र अखिलको संस्थापन लाग्दा पनि पौडेलले कडा टक्कर दिएका छन् ।

महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७