राजुनाथ पाण्डे निलम्बनविरुद्ध उच्च अदालत पुगे


२०८२ असार ३ मंगलबार २१:०६ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उनी उच्च अदालत पुगेका हुन्। पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो। महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ।  

 त्यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका थिए। प्रारम्भिक रूपमा उनको स्पष्टीकरण चित्तबुझ्दो नआएकाले निलम्बन गरी थप जाँचबुझ अघि बढाइएको गुरागाईको भनाई थियो। चैत २१ गते उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको थियो।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो । काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७