संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण


२०८२ जेठ १४ बुधबार १४:३१ बजे

संखुवासभा । सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा चैनपुर नगरपालिका–६ जिरोपोइन्टमा शालिक अनावरण गरिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले मङ्गलबार शालिक अनावरण गरेका हुन्। उनले स्व. श्रेष्ठको योगदान स्मरण गर्दै उनको जन्मथलोमा शालिक अनावरण गर्नु गौरवको विषय भएको बताए। चैनपुर नगरपालिकाको करिब  छ लाख सहयोगमा उक्त शालिक निर्माण गरिएको हो ।

कृष्णमोहन श्रेष्ठ नेपालको पहिलो सशस्त्र प्रहरी बल प्रमुख हुनुका साथै संगठनको जग हाल्ने व्यक्तिका रूपमा चिनिन्छन्। सशस्त्र द्वन्द्वको समयमा २०५९ माघ १२ गते दुवै जनाको हत्या भएको थियो। श्रेष्ठको नेतृत्वमा २०५८ सालमा सशस्त्र प्रहरी बलको स्थापना भएपछि उनले प्रारम्भिक संरचना, कार्यदिशा तथा सङ्गठनात्मक रणनीति तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

हत्या भएको २२ वर्षपछि शालिक निर्माण गरिएको हो । शालिक अनावरणका क्रममा ससस्त्र प्रहरी बलको टोलीले सम्मान स्वरूप श्रद्धाञ्जली अर्पण गरेको थियो । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७