भारत इजीपीले काम गर्न सकेन भन्ने निष्कर्षमा रहेको पाएँ : डा. भट्टराई


२०८२ बैशाख १७ मंगलबार ०२:०७ बजे

काठमाडौं । नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारतबीच रहेका सबै समस्या वार्ताका माध्यमबाट टुंग्याउनु पर्ने बताएका छन् । भारत भ्रमण सकेर आज (मंगलबार) फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे ।

‘दुई देशको सम्बन्ध ऐतिहासिक छ, सबै समस्या दुई देशका प्रधानमन्त्री तहमा वार्ता गरेर टुंग्याउनुको विकल्प छैन’, उनले भने । भारत भ्रमणका क्रममा आफूले राजनीतिक तहमा भेटघाट गरेको र भारतीय नेताहरू मिलेर जानुपर्नेमा सहमत रहेको उनले बताए ।

भारतमा रहँदा उनले भारतका रक्षामन्त्री राजमानथ सिंह, भाजपाका पूर्वअध्यक्ष डा. मुरलीमनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता जयराम रमेश, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरियालगायतसँग भेटवार्ता गरेका थिए । भारत आर्थिक रूपमा सबल रहेको र नेपाल ऊभन्दा १०० गुणा कमजोर रहेको भट्टराईले बताए । दुई छिमेकी मिलेर जाँदा नै दुवै देशलाई फाइदा हुने उनको ठम्याइ छ । आफ्नो भ्रमण पार्टीगत तहमा भए पनि उक्त भ्रमण समग्र देशकै हितमा लाभदायक भएको उनको भनाइ थियो।

भट्टराई पार्टीसम्बद्ध प्रगतिशील नेपाली समाज (भारत) को प्रथम अधिवेशनमा सहभागी हुन त्यहाँ गएका थिए। भट्टराईले नेपाल र भारतबीचका समस्या समाधानका विषयमा  विशेष गरी भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग यो कुरा राखेको र यसमा उनी पनि सहमत भएको भट्टराइले बताए । ‘यी विषयमा समष्टिगतरुपमा ईपीजीमार्फत हल गर्न पाए हुन्थ्यो भनेर मेरै पालामा अगाडि बढाएका हो,’ भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘त्यो नभएको खण्डमा चाहिँ नेपाल भारतबीचको समस्यालाई चाहिँ दुवै देशका प्रधानमन्त्रीस्तरमा नै संघन वार्ता गरेर यसलाई हल गर्नु राम्रो हुन्छ भन्ने कुरामा उहाँले पनि सहमति जनाउनु भयो र असाध्यै सौहार्दरुपमा कुराकानी भयो ।’

यही सन्देश प्रधानमन्त्री मोदीसँग पनि पुर्‍याउन आफूले आग्रह गरेको उनले जानकारी दिए । ‘मैले पनि उहाँलाई यो विषयमा प्रधानमन्त्री मोदीजीसँग पनि राम्रो सन्देश पुगोस् भन्ने कुरा गरें,’ भट्टराईले भने, ‘नेपालसँगको सम्बन्धलाई सहजीकरण गर्न विशेष ढंगले ध्यान पुगोस् भन्ने ढंगमा कुराकानी भयो ।’ उनले ईपीजीले काम गर्न सकेन भन्ने निर्णयमा भारतको उच्च तह पुगिसकेको आफूले पाएको समेत उल्ले गरे ।

‘बुझ्दाखेरी ईपीजीले काम गर्न सकेन भन्ने त्यहाँको उच्च तहको निर्णय जस्तै भइसकेको रहेछ,’ उनले भने, ‘त्यसैले मैले यहाँबाट जानुभन्दा अगाडि ईपीजीमा नेपालका तर्फबाट रहेका डा. भेषबहादुर थापासँग र भारतको तर्फबाट रहनु भएका भगतसिंह कोसियारी दुवैसँग भेट्छु र कुरा के रहेछ भन्ने जानकारी पाउनका लागि मैले कुरा गरेको थिएँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७