ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो, बस्तीमा पस्ने जोखिम


२०८१ चैत १३ बुधबार ०४:५० बजे

काठमाडौं । ललितपुरको वागमती गाउँपालिका–४, स्थित बुढीदेवी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। मंगलबार साँझदेखि सुरु भएको डढेलो अझै नियन्त्रण बाहिर रहेको वागमती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाले जानकारी दिए ।

उनका अनुसार, डढेलो बस्ती पस्ने जोखिम छ । समयमै डढेलो नियन्त्रणमा ल्याउन नसक्दा अन्यत्र सरेको हो। डढलो बस्तीमा पस्ने जोखिम बढेपछि वडाले सूचना नै जारी गरेर आगो निभाउने काममा सहयोग गर्न आह्वान गरेको छ। वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

‘अहिले हामी आगो निभ्याउन व्यस्त छौं । आगो बस्ती पस्ने जोखिम भएकोले यतिखेर धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले भने । प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए।

प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, ‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ। वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७