त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने


२०८१ चैत ११ सोमबार १५:१५ बजे

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको हो । निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ ।

चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो। नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७