मुस्लिम बस्तीमा आगलागी, दुई बालबालिकाको जलेर मृत्यु
मोरङ । मोरङको धनपालथान गाउँपालिकाको कदमा मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार उनीहरूको पहिचान भने भएको छैन ।
आगलागीबाट ६-७ घर जलेका छन् । आगलागी अझै जारी रहेको उनले बताए । नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ । साना छाप्रा घर र परालको माच समेत घरकै छेउमा रहेकाले आगोले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।
.gif)

.png)

