जयन्दु बाल सुधार गृहको झडप अनियन्त्रित, थप १५ घाइतेलाई अस्पताल पठाइयो


२०८१ चैत २ शनिबार १९:०४ बजे

बाँके । बाँकेको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच भएको झडप अनियन्त्रित भएको छ । बाल सुधार गृहमा रहेकामध्ये २७० बढी बाहिर निस्केको प्रहरीले जनाएको छ । सुधार गृहभित्र आगजनी र तोडफोड भइरहेको बताइएको छ । बाल सुधार गृहका थप १५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीभित्र प्रवेश गरी घाइतेको उद्धार गरी अस्पताल पु¥याएको हो ।

बाहिर निस्किएकाहरूले आसपासका पसलमा लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । होली मनाउने विषयलाई लिएर दुई पक्षबीच हिजो दिउँसो विवाद भएको र राति अर्को पक्षले सुतेका बेला एक्कासी खुकुरीले आक्रमण गरेको सुधारगृह प्रशासनले जनाएको छ ।  उनीहरूले रेलिङ भत्काएर, ढुंगा र इँटाहरूले घरको छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आफै माइकिङ गरी शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दा पनि बालबन्दीहरू शान्त भएका थिएनन् । बालबन्दीहरूको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्।

उनीहरूको अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताएका छन्। सुर्खेतबाट झण्डै हप्ता दिनअघि ल्याइएकाहरूमाथि जयन्दु बाल सुधार गृहमा बस्दै आएकाहरूले गए राति कुटपिट र आक्रमण गरेका थिए । त्यो आक्रमणबाट ६ जना गम्भीर घाइते भएको स्रोतले जानकारी दिएको छ । उनीहरूलाई राति नै उद्धार गरी प्रहरीले अस्पताल पु¥याएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७