हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


२०८१ फाल्गुण २९ बिहीबार ११:४९ बजे
फाइल फोटो

बर्दिया ।  बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गए राति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो ।

हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय वलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताएका छन् । हात्तीले खेतबारीमा लगाएको गहुँवाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाएका छन् ।

बर्दिया निकुञ्ज नजिक थारुको घर छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए छ । स्थानीयले वन्यजन्तुको आक्रमणपछि पूर्व पश्चिम राजमार्ग बन्द गराएको उनले जनाए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७