युवा संघ झापाका इञ्चार्ज आङ्देम्बेमाथि खुकुरी प्रहार, आइसीयुमा उपचार हुँदै


२०८१ फाल्गुण २७ मंगलबार ०७:११ बजे

झापा । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि गए राति खुकुरी आक्रमण भएको छ । हत्या योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

इञ्चार्ज आङ्देम्बेको आइसीयुमा र अन्य दुई जना विश्वदिप राजवंशी र अजय खवासको अर्थो वार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घटना विवरण अनुसार बिर्तामोड–४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्ने वित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अर्का घाइते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो ।

‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरें, खवासले भने, ‘मेरो हातको चार औंला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।’ यस्तै, अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका ४ जनाले आक्रमण गरेको थियो । घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७