काठमाडौँका मेयर बालेन शाहविरुद्ध युवा संघले दियो उजुरी
काठमाडौँ : नेकपा (एमाले) निकट युवा संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ।
युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध उजुरी दिएका हुन् । उनीहरूले बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको आरोप लगाएका छन् ।
साइबर ब्युरोका एक अधिकारीका अनुसार उजुरी दर्ता प्रक्रियामा रहेको छ । मेयर शाहले गत कात्तिक १६ गते मध्यराति आपत्तिजनक शब्दसहित स्टाटस पोस्ट गरेका थिए ।
युवा संघका अनुसार सो स्टाटस सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज भएको भन्दै उजुरी दिइएको हो ।
.gif)

.png)



