युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।
युवा संघले मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति देखाउने एमालेका पोलिटब्युरो सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले चेतावनी दिएका हुन् ।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अब एमालेका युवाहरू चुप लागेर नबस्ने बताए ।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी पनि दिए ।
‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औँलाको भरमा लडेको महेश बस्नेतको टोली हो । केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’
गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै बस्नेतले हावा भरका जेनजीको उक्साहटमा नलाग्न सावधान गराए ।
साथै, भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।
‘सहयोग गर्न तयार छौँ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’
उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न गर्दै बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए ।
.gif)

.png)

