प्रशासनको अनुमतिबिनै आज मोटरसाइकल र्‍याली निकाल्दै युवा संघ


२०८२ असोज २६ आइतबार ०९:४१ बजे

काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि २५ गते निकाल्ने भनिएको मोटरसाइकल र्‍याली स्थगित गरेको थियो ।

आज दिउँसो १ बजे तीनकुनेबाट बृहत् मोटरसाइकल र्‍याली निकाल्न लागिएको युवा संघको केन्द्रीय कमिटीले जनाएको छ ।

शान्ति पुनःस्थापन तथा जनताको भौतिक सुरक्षा प्रत्याभूति गराउनुपर्ने माग सहित जेन जी प्रदर्शन र विध्वंशमा भएको मानवीय र भौतिक क्षति, सरकारले दण्डहीनतालाई प्रशय दिएको र गरेका असंवैधानिक निर्णयहरुको विरुद्ध र्‍याली आयोजना गर्न लागिएको हो ।

यतिखेर आम जनतामा फैलिएको निराशालाई आशामा परिणत गराउन तथा आन्दोलनको क्रममा भएका अराजक क्रियाकलापले मनोबल गिरेका राष्ट्रसेवक कर्मचारी तथा प्रहरी प्रशासन समेतको मनोबल वृद्धि गर्ने र्‍यालीको उद्देश्य रहेको संघको भनाई छ ।  

र्‍याली तीनकुनेबाट नयाँ बानेश्वर, माईतीघर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, गौशाला हुँदै पुनः तीनकुने पुगेपछि कोणसभा हुने जानकारी दिइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७