सरकारलाई राष्ट्रिय युवा संघको २४ घण्टे अल्टिमेटम
काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारले मोटरसाइकल र्याली रोक्ने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।
शुक्रबार अपराह्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले असोज २५ गते (शनिबार) गर्न लागिएको मोटरसाइकल र्याली जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेको निर्णयप्रति विरोध जनाउँदै अल्टिमेटम दिएको जनाएको हो ।
संघका अध्यक्ष क्षितिज थेबेले सरकारको निर्णयले लोकतान्त्रिक अधिकार हनन भएको आरोप लगाए । 'हामी विधिको शासनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं, तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा सरकारकै निर्देशनमा रोक लगाइयो,' उनले भने।
उनले आउँदो आइतबार भव्य मोटरसाइकल र्याली गर्न वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै निर्णय नसच्चाए थप आन्दोलनको चेतावनी दिए । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुरक्षाको कारण देखाउँदै शनिबारको र्यालीमा रोक लगाएको थियो।
.gif)

.png)

