‘पाथीभरा केबलकार’ निर्माणको वातावरण सहज बनाउन एमालेको ध्यानाकर्षण


२०८१ फाल्गुण १८ आइतबार १८:११ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराएको छ ।

आज (आइतबार) को सचिवालय बैठकको निर्णय सुनाउँदै स्थानीय, जनप्रतिनिधिलगायतसँग छलफल गरी समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको छ’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७