‘पिकनिक’ बाट फर्कंदै गरेको स्कुल बस दुर्घटना, तीन विद्यार्थीको मृत्यु
![](https://nayapage.com/uploads/content/2024/10/nayapage-bharkharai news2024-10-26-17-53-19.jpg)
काठमाडौं । काठमाडौंको नगरकोट पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। शंकरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चाबहिलस्थित एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । ‘अहिले प्रहरी उद्धारमा खटिएको छ । बाँकी विवरण आइसकेको छैन’, एसपी बोहराले भने । बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन् ।