प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी सर्वसम्मत, कमिटीमा को–को ?
![](https://nayapage.com/uploads/content/2025/02/Suman-Puri2025-02-12-21-06-33.jpg)
मोरङ । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी सर्वसम्मत निर्वाचित भएका छन् । विराटनगरमा आज (बुधबार) सम्पन्न दोस्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरीसहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो । पुरी यसअघि उपाध्यक्ष थिए ।
त्यस्तै चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भए ।
अधिवेशनमा प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राई, हिरामान लामालगायतको उपस्थिति थियो । अधिवेशनमा आयोजक र प्रतिनिधि गरी १५६ जनाको सहभागिता रहेको प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जानकारी दिए ।