शंखरापुर बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाको सनाखत (नामावली)


२०८१ माघ ३० बुधबार २३:४० बजे

काठमाडौं । काठमाडौंको शंखरापुर साँखुमा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ का क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को सुशाङ्का डोटेल रहेका छन् ।

क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र सुशाङ्काको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चाबहिलस्थित एसएस एकेडेमीको रिजर्भमा गएको थियो । नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस बुधबार शंखरापुर नगरपालिका–५ मा दुर्घटना भएको हो ।

बुधबार दिउँसो पौने ५ बजेतिर कात्तिकेस्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी अपील बोहराले जानकारी दिए । दुर्घटनामा ४० विद्यार्थी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७