माओवादी केन्द्रले गर्यो तीन नेतालाई पदमुक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन जनालाई पदमुक्त गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा गण्डकी प्रदेशका गुप्त हमाल, दलमाया रोका र केशव कुँवरलाई पदमुक्त गरेको हो ।
उनीहरु पार्टीको काममा निस्क्रिय रहेको र वैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको सर्कुलरमा उल्लेख छ । माओवादीले गण्डकी प्रदेशका रेशमबहादुर जुग्जाली मगर, धनबहादुर बिक र मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरेको छ ।