१६ पालिकामा निमित्त प्रशासकीय अधिकृत बनाइएका ‘कनिष्ठ’ कर्मचारीको खोसियो जिम्मेवारी


२१:३९ बजे

काठमाडौं ।  स्थानीय तहमा वरिष्ठ कर्मचारी हुदाँहुँदै निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएका १६ ‘कनिष्ठ’ कर्मचारीको जिम्मेवारी खोसिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेर जिम्मेवारीबाट हटाएको हो । यो निर्णयसँगै कानूनविपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारी समेत खोसिएको मन्त्रालयले जनाएको छ।

यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो । अझै कतिपय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी सम्हाल्दै आएका छन् । ती पालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कर्मचारी पठाए पनि स्थानीय जनप्रतिनिधिले हाजिर नगराएर फिर्ता पठाउने गरेका छन्।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७