भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)


१५:१८ बजे

काठमाडौँ । ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन्। केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरेका छन् । सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ ।  यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ । 

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७