निकोलस भुसाल फेरि पक्राउ
कास्की । डा. निकोलस भुसाल फेरि पक्राउ परेका छन् । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले भुसाललाई फेरि पक्राउ गरेको हो । गत पुस ८ गते प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेको थियो ।
सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो । त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्ने गरी छोडिएको थियो । तर भुसाललाई कास्की प्रहरीले फेरि अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
उनी हाल हिरासतमा रहेको कास्की प्रहरीले जनाएको छ । भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराउने प्रहरीको तयारी छ । लामिछानेसहितका प्रतिवादीहरू अदालतले धरौटीमा रिहा गरेपछि काठमाडौं गइसकेका छन् । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्दामा पुनः पक्राउ गरेको हो ।