माइतीघरबाट पक्राउ परेका निकोलस भुसाललाई सुधार केन्द्र पठाइयो


२०८२ असोज २३ बिहीबार २१:२८ बजे

काठमाडौँ : माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा बिहीबार पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।

पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाउँदै सुधार केन्द्र पठाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, भुसालको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइएको हो।

प्रहरीले भुसाललाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाउने सर्तमा छाडेको हो । 

जेन-जी आन्दोलनमाथि धोका भएको भन्दै भुसालसहितका केही युवाहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना माइतीघरमा प्रदर्शन गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७