कांग्रेस इतरसमूहको मूल नेता अब शशांक कोइराला

शशांकको नेतृत्वमा देउवा नेतृत्वकै कार्यसमितिले १५औँ महाधिवेशन गर्ने


२०८३ श्रावण ३१ आइतबार १३:५६ बजे

काठमाडौं :  नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई दिएको छ । तेस्रो दिन आइतवार सम्पन्न भएको भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिले नै १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा आयोजित इतरसमूहको भेलाका संयोजकसमेत रहेका डा. कोइरालालाई पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने जिम्मेवारी दिइएको छ ।

भेलाबाट पारित निष्कर्षमा १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनसँग सम्बन्धित नियमित गतिविधि भेलाका संयोजक कोइरालाले नै अघि बढाउने निर्णय गरिएको जनाइएको छ । यसअघि कांग्रेस इतरसमूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७