निकोलस भुसाललाई हाजिर जमानीमा राखी अनुसन्धान गर्न परमादेश
काठमाडौँ : सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा कमल भुसाल (निकोलस)लाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।
भुसालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
भड्काऊ अभिव्यक्तिपछि पक्राउ परेका भुसालको रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
भुसालले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै पोस्ट गरेका थिए । सोही पोस्टमार्फत उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनीसमेत दिएका थिए।
.gif)

.png)

