प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् ।
भुसालले मंगलबार (८ पुस) राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन्।
जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै पुस ७ र ८ गते गरेको प्रदर्शनमा भुसाल पनि सहभागी थिए ।
ढुंगाना समूहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको थियो ।
ढुंगाना– निकोलसको समूहले समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । यस्तै जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
उनीहरूले प्रधानमन्त्री कार्कीले राजीनामा दिएर सर्वपक्षीय सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।
.gif)

.png)

