निकोलस भुसालको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश


२०८२ कार्तिक २१ शुक्रबार २०:५८ बजे

काठमाडौँ : सर्वोच्च अदालतले डा. निकोलस भुसाल (कमल)को बन्दी प्रत्यक्षीकरण रिटमा अन्तरिम आदेश आदेश दिन अस्वीकार गरेको छ ।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका डा. निकोलस भुसाल (कमल)को बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

भुसालले गत कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए । त्यस्तै, उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी पनि दिएका थिए ।

उनको यस अभिव्यक्तिका कारण उनी पक्राउ परेका हुन् । भुसाललाई गत मंगलबार गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७