कारोबारी मानसिकताबाट संविधान संशोधन गर्न हात हाले संविधानमा आगो लगाउँछौं : मिनेन्द्र रिजाल 


२०८१ पौष २३ मंगलबार १४:०० बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधानमा धेरै कमजोरी रहेकाले त्यसलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै हतार हतार संविधान जारी गर्नु परेकोले कतिपय काम गर्दाका अप्ठेरा र कतिपय सामान्य विषयमा समेत त्रुटि रहेको रिजालले बताए । त्यसैले यसलाई सुधार गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिए । 

कसरी कुनै दल सत्तामा बस्ने भन्ने कुरामा मात्र संविधान संशोधनको विषय केन्द्रित हुनु नहुने रिजालले बताए। कांग्रेस–एमाले मात्रै सरकारमा हुनुपर्छ भन्ने धारणा राखियो भने अरू सबै त्यो पर्खाल भत्काउन एक ठाउँमा उभिन्छन् भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिए । देशभरि कांग्रेस एमाले माओवादी र मधेस केन्द्रित दलहरूको प्रभुत्वको कारणले संघीयता विकास हुन नसकेको उनको भनाई छ । ‘देशभरि कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दलहरूको प्रभुत्वको कारणले संघीयता स्वाभाविक रूपमा विकास हुन नसकेको हो’, उनले भने ।  

रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्धति निर्माण गर्नुपर्ने धारणा राखे । ‘स्थानीय तहलाई यही रूपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्धति हुनुपर्छ, त्यसो भयो भने मतदाता केही हदसम्म स्वतन्त्र हुन्छ’, उनले भने । 

त्यस्तै उनले अहिले कारोबारी राजनीति भइरहेको बताउँदै उनले यसबाट ननिस्कँदासम्म संविधान संशोधन गर्न नसकिने बताए । ‘कारोबारी मानसिकतामा बाहिर ननिस्कने हो भने हामी हामीले संशोधनमा हात हालेर यो संविधानमा आगो लगाउँछौं, कारोबारी मानसिकतामा संविधान संशोधन गर्नलाई हात हाल्यौं भने हामीले संविधानमा आगो लगाउँछौँ, संविधान आगो लगाउनको लागि बनाइको होइन’, उनले भने । 

६६ वर्ष पछिको निरन्तर संघर्षबाट अहिलेको संविधान बनेको बताउँदै यसलाई जोगाएर लैजानु पर्नेमा उनले जोड दिए । गाई की त्रिशूल भनेर सरकार चलाउने मानसिकताबाट संविधान संशोधन गर्न नसकिने रिजालको दाबी छ । कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दलको प्रभुत्वको कारण नेपालमा संघीयता राम्रोसँग अघि बढ्न नसकेको उनले बताए । राजनीतिक हस्तक्षेपको कारण संघीयताले राम्रोसँग काम गर्न नसकेको उनको धारणा छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७