मधेश सरकारबाट नेकपाका चार मन्त्रीले दिए राजीनामा


२०८३ कार्तिक २० शुक्रबार १७:५९ बजे

जनकपुरधाम : मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले उनीहरूले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक निकासका लागि राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।

‘राजनीतिक निकासका लागि हामी नेपाली कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ,’ राजीनामापत्रमा भनिएको छ, ‘यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’

नेकपाले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७