साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र सञ्चालन

१२४७ मा फोन गर्न सकिने


२०८३ कार्तिक २० शुक्रबार १८:३४ बजे

काठमाडौं : साइबर ठगी नियन्त्रण तथा डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित बनाउन नेपालमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा आएको छ ।

शुक्रबार प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को प्रमुख आतिथ्यमा केन्द्रले औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो ।

नेपाल सरकारको मन्त्रीस्तरीय २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वित्तीय कारोबार गर्ने डिजिटल वालेट, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गर्नेछन् ।

साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा सम्बन्धित निकायबीच तत्काल समन्वय गरी शीघ्र प्रतिकार्य गर्ने, सम्भावित जोखिम न्यूनीकरण गर्ने र डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको छ ।

केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबिसै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । यसका लागि सम्बन्धित निकायका सम्पर्क अधिकृत तोक्नुका साथै आकस्मिक सम्पर्क नम्बर १२४७ समेत सञ्चालनमा ल्याइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७