पश्चिमी शक्तिको स्वार्थ पूरा नगरे बालेन सरकार टिक्दैन :  बादल


२०८३ कार्तिक २० शुक्रबार १७:४५ बजे
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पश्चिमी शक्तिको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार पनि ती शक्तिबाटै विघटन गराइने दाबी गरेका छन् ।

एमालेको दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो दाबी गरेका हुन् ।

उनले एमाले, कांग्रेस र तत्कालीन माओवादीसहितका दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलका पार्टी कार्यालय तथा नेता–कार्यकर्ताका घर र भवन जलाएर ध्वस्त पार्न लगाइएको आरोप लगाए ।

‘सद्दाम हुसेन, बिन लादेन आफैँले उठाएर पछि बाधक बनेपछि पश्चिमी शक्तिले खत्तम पारेको उदाहरण देखिएका छन्,’ थापाले भने ।

कार्यक्रममा जेनजी आन्दोलनका क्रममा जलाइएको एमाले पार्टी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने दाता, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७