पोखरा विमानस्थलका तीन अनियमिततामा थप अनुसन्धान


२०८२ मङ्सिर २१ आइतबार १८:२३ बजे

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अनियमिततासँग सम्बन्धित तीन विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ।

अख्तियारका अनुसार, मूल सम्झौताअनुसार नपर्ने गरी कर छुट दिएको आर्थिक अनियमितता, विमानस्थल अगाडिको छिने डाँडा/रिट्टेपानी डाँडा कटान र प्राधिकरणको छुट्टै बजेटबाट परामर्शदाता नियुक्त गर्दा भएको अनियमिततामा अलग-अलग अनुसन्धान अधिकृत तोक्ने निर्णय भएको छ।

अख्तियारले सार्वजनिक गरेको अभिलेख पत्रअनुसार यी घटनाहरू फरक प्रकृतिका, फरक समयका र फरक निर्णयकर्तासँग सम्बन्धित भएकाले एउटै आरोप दाबीमा समेटिएको भए पनि अब छुट्टै अनुसन्धान अघि बढाइनेछ।

अख्तियारले आइतबार ५५ जना व्यक्ति र एक कम्पनीसहित ५६ जना प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ । 

पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरिएको आरोप अख्तियारले लगाएको छ।

अख्तियारको आरोपपत्रको पूर्णपाठ:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७