अमेरिकाले हटायो सिरियाका नयाँ नेताको टाउकोको मूल्य


२०८१ पौष ६ शनिबार २१:४० बजे

काठमाडौं । अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल–शराको टाउकोबारे घोषणा गरेको इनाम हटाएको छ । अल–शरामाथि अमेरिकाले यसअघि एक करोड डलर पुरस्कार राखेको थियो । अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल–शाम (एचटीएस) का प्रतिनिधिसँगको भेटपछि पछिल्लो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल–शरा विद्रोही समूह हयात तहरीर अल–शामका प्रमुख हुन् । अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले अल–शरा निकै व्यावहारिक भएको बताएका छन् । सिरियाली राष्ट्रपति बशर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको थियो । राष्ट्रपति असदलाई बहिर्गमन गराउन मुख्य नेतृत्व एचटीएसले गरेको थियो ।
अमेरिकाले अल–शराको सङ्गठनलाई अझै पनि आतङ्कवादी सङ्गठन मानेको छ ।

यो सङ्गठनको अल कायदासँग सम्बन्ध छ । यसैबीच राष्ट्रपति बशर अल–असदको पतनपछि पुनर्निर्माणमा मद्दत गर्न सिरिया माथिको अन्तर्राष्ट्रिय प्रतिबन्धबारे पुनर्मूल्याङ्कन गर्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको छ । राष्ट्र सङ्घको आप्रवासन एजेन्सीका प्रमुख एमी पोपले नयाँ समाज निर्माण गर्न र स्थिरता ल्याउन पूर्ण भूमिका खेल्न आवश्यक रहेको बताए । तर अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म एचटीएसका सदस्यमाथिको प्रतिबन्ध हटाउन पहल गरेका छैनन् । एमी पोपले कार्यवाहक सरकारलाई पुनर्निर्माणमा महिलाको भूमिका लागि थप सशक्त र सक्षम बनाउन समेत आग्रह गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७