सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी


०५:५५ बजे

दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसंख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, ‘गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स शहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।’ सानाका अनुसार ती निशानामा आफ्ना हातहतियार हस्तान्तरण गर्न इन्कार गरेका र बस्ती केन्द्रहरूमा जान इन्कार गरेका’ र ‘गोलाबारुद र हतियारहरू पनि लुकाएका’ युद्ध अपराधमा संलग्न व्यक्ति रहेका छन् ।

सानाले पछि एक सैन्य अधिकारीलाई उद्धृत गर्दै असदको लडाकूका अवशेष अझै पनि होम्सको विभिन्न भागहरूमा रहेका उल्लेख गरेको छ । इस्लामवादी नेतृत्वको विद्रोहीले गत महिना असदलाई सत्ताच्युत गरेपछि संक्रमणकालीन सरकारले पूर्व सैनिकको नाम दर्ता गर्दै उनीहरूलाई हतियार त्याग्न आग्रह गर्दै आएको छ ।

‘अधिकारीहरूले होम्समा ‘आफ्नो मामिला सुल्झाउन र हतियार हस्तान्तरण गर्न इन्कार गर्नेहरूको खोजी गर्न’ सेना र ‘बख्तरबन्द बलहरू’ पठाएका छन्’, सानाले समाचारमा जनाएको छ । उनीहरूले शहरका केही भागमा कर्फ्यू पनि लगाएका छन् । ‘गृह मन्त्रालयले वादी अल–धाहाब र अक्रामाका आसपासका बासिन्दाहरूलाई सडकमा ननिस्कन, घरमा बस्न र सरकारी सेनालाई पूर्ण सहयोग गर्न आह्वान गरेको छ’, सिरियाली समाचार संस्था सानाले जनाएको छ । रासस/एएफपी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७