बुद्ध धर्मलाई राजनीतिक दुरुपयोगबाट निषेध गर्नुपर्छ : प्रधानमन्त्री


२०८१ मङ्सिर १ शनिबार १८:१५ बजे
तस्वीर : दिनेश भण्डारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताएका छन् । ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग गर्न खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताएका छन् । 

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने ओलीको भनाइ थियो । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए । वैरभाव पलायो भने बुद्धिजम नहुने उनले बताएका छन् ।

‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ (राजनीतिक ठगी) गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिल्कुल फरक हो । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो । वैरभाव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन ।’

प्रधानमन्त्री ओलीले बुद्ध धर्ममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए । आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७