माओवादी केन्द्र राष्ट्रिय राजनीतिबाट ‘बाईबाई’ भइसक्यो : पार्वत गुरुङ


२०८१ मङ्सिर १ शनिबार १९:२३ बजे

 काठमाडौं । सत्तारुढ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) ले विकासका नाममा कमिशनतन्त्र चलाइरहेको आरोप लगाएका छन् ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरे ।

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दावी समेत गरे । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाई थियो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताए । माओवादी केन्द्रले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाइरहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७